स्वास्थ्य जानकारी (Health)

स्वास्थ्य जानकारी (Health) 1374 views

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आफ्नो स्वास्थ्यमा ध्यान दिनु अत्यन्त जरुरी छ । धन कमाउने र करीअर बनाउने धुनमा आफ्नो स्वास्थ्य बिग्रिएको पत्तो नपाइन सक्छ । आफ्नो स्वास्थ्यलाई ध्यान दिंदा आफ्नो मात्र फाइदा नभई परिवारलाई पनि टेवा मिल्छ । विदेशमा काम गर्दा नेपालीहरू प्रायः कठिन शारीरिक श्रममा संलग्न हुने, कामको थकान, परिवारसँग टाढा रहेको कारण आफ्नो ख्याल गरिदिने मान्छेको अभाव हुँदा स्वास्थ्य क्रमश बिग्रदै जाने, मानसिक रुपमा समस्या र दीर्घकालीन रोगको समेत जोखिम उच्च हुन्छ। नयाँ वातावरण, फरक मौसम र असन्तुलित खानपानले उनीहरूको शारीरिक स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ । विशेषगरी विदेशी मुलुकमा सफा पानी र पौष्टिक आहारको अभावले पेट सम्बन्धी समस्या, डिहाइड्रेसन र अन्य संक्रमणको जोखिम बढ्न सक्छ । यस्तै, घरपरिवारबाट टाढा रहँदा धेरैजसो श्रमिकहरूले मानसिक तनाव, एक्लोपन र डिप्रेसन अनुभव गर्छन्, जसले उनीहरूको कार्यक्षमता र आत्मविश्वासलाई कमजोर बनाउन सक्छ । यदी स्वास्थ्यमा ध्यान दिइएन भने बिरामी परेर काम गुम्ने र उपचारका लागि ठूलो आर्थिक भार खेप्नुपर्ने स्थिति आउन सक्छ । विदेशी मुलुकमा स्वास्थ्य सेवाहरू महँगो र पहुँचमा कठिन हुने भएकाले आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नु आवश्यक हुन्छ । पर्याप्त व्यायाम, स्वस्थकर आहार, नियमित स्वास्थ्य परीक्षण र काम गर्दा सुरक्षाका उपायहरूको पालना गर्न सक्ने हो भने विदेशमा रहेका श्रमिकहरूले आफ्नो स्वास्थ्यलाई सुदृढ बनाउन सक्छन् । साथै, मानसिक स्वास्थ्यलाई सुदृढ राख्न परिवारसँग निरन्तर सम्पर्कमा रहनु र व्यक्तिगत तनाव व्यवस्थापन गर्न ध्यान दिनु आवश्यक छ । स्वास्थ्य राम्रो रह्यो भने मात्र विदेशमा आफ्नो आर्थिक लक्ष्य पूरा गर्न सकिन्छ भन्ने कुरा भुल्नु हुँदैन । स्वास्थ्यलाई प्राथमिकतामा राखेर श्रम गर्नु पर्छ । आफूले नसक्ने काम गर्न सक्छु भनेर जबर्जस्ति गर्ने, लामो समयसम्म नसुतेर ओभरटाइमको लोभमा काम गर्ने गर्नु हुँदैन । स्वास्थ्य राम्रो छ त सबै राम्रो हुने हो भन्ने कुरा बुझेर काम गर्नुपर्छ । प्रसस्त पानी पिउन तथा पौष्टिक युक्त खानपानमा विशेष ध्यान दिनुपर्छ । 

Call Us

-

Location

-

स्वास्थ्य जानकारी (Health)

Related Categories

बैदेशिक रोजगार वोर्ड (FEB)

बैदेशिक रोजगार वोर्ड (FEB)

11976

11

बैदेशिक रोजगार बिभाग (DOFE)

बैदेशिक रोजगार बिभाग (DOFE)

3027

3

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

773

0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

909

1

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

3865

6

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

6670

4

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

977

0

प्रवासी नेपाली समन्वय समिति (PNCC)

प्रवासी नेपाली समन्वय समिति (PNCC)

673

0

सुरक्षित आप्रवासन (SaMi)

सुरक्षित आप्रवासन (SaMi)

732

0

तालिम, सीप तथा सिकाइ (Training Info)

तालिम, सीप तथा सिकाइ (Training Info)

2353

2

बित्तिय जानकारी (Financial info)

बित्तिय जानकारी (Financial info)

1223

3

ऐन/कानुन र अधिकार (Laws & Rights)

ऐन/कानुन र अधिकार (Laws & Rights)

1180

4

राहदानी (Passport) सम्बन्धि जानकारी

राहदानी (Passport) सम्बन्धि जानकारी

37979

7

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

13567

1

मेरो भोगाई, अनुभव र सिकाई

मेरो भोगाई, अनुभव र सिकाई

739

3

श्रम स्वीकृति र नवीकरण

श्रम स्वीकृति र नवीकरण

41215

3

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

1634

9

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

1526

2

गैर आवासिय नेपाली संघ (NRNA)

गैर आवासिय नेपाली संघ (NRNA)

1189

1