यो एपले एपमा अपडेट हुने सबै डिमाण्डमा निशुल्क रोजगारमा जान पाइन्छ भन्ने ग्यारेन्टी गर्दैन । तर यो एप मार्फत प्रयोगकर्ताहरुलाई शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु पहिचान गर्न सहज होस् भन्ने हेतुले केहि प्रयास भएका छन् । यस एपमा म्यानपावरहरुको सूचि हेर्दा म्यानपावरहरुको पछाडी (सुन्तला कलरमा) Ethical 'TAG' भएका म्यानपावर कम्पनिहरुले नैतिक भर्ना प्रक्रिया मार्फत मात्र वैदेशिक रोजगारमा नेपाली कामदार लैजान्छन् भन्ने सूचित गरिएको छ । त्यस्ता म्यानपावरमा डिमाण्ड आएको सूचना हेरेर रोजगारमा जोडिदा कुनै शुल्क तिर्नु पर्दैन, सम्पूर्ण लागत नि:शुल्क हुन्छ ।
'वैदेशिक रोजगार' एप प्रयोगकर्ताले एप Log in गरेपछि एप स्क्रिनको मुख्य पेजको सबैभन्दा माथि बायाँ पट्टि Hire me बटन देख्दछन् ।
यसमा क्लिक गरेपछि वैदेशिक रोजगारमा जान चाहेका युवाहरुले आफू वैदेशिक रोजगारमा जान चाहेको पद, जान चाहेको देश, जोडिन चाहेको इजाजत पत्र प्राप्त म्यानपावर कम्पनीहरु र चाहेको तलब छानेर सर्त स्वीकार गरेर Apply गर्न सक्दछन् ।
यसरी एप प्रयोगकर्ताले आफू रोजगारमा जोडिन चाहेको जानकारी पद, देश र तलब अनुसार सम्बन्धित इजाजत प्राप्त म्यानपावर कम्पनीहरुलाई सूचित गर्न सक्दछन् । यसरी सिधा जोडिएका युवाहरुलाई इजाजतपत्र म्यानपावर कम्पनीहरुले नेपाल सरकारको वर्तमान नीति अनुसार मात्र वैदेशिक रोजगारको प्रक्रियामा जोड्न सक्दछन् । यो फिचरले वैदेशिक क्षेत्रमा अवैधानिक बिचौलियाहरुको अनावश्यक प्रवेशलाई निषेध गरि वैदेशिक रोजगारमा जान चाहेको युवालाई सिधा म्यानपावर कम्पनिमा जोड्ने उदेश्य राखिएको छ । यो कार्यले वैदेशिक रोजगार क्षेत्रलाई क्रमश बिचौलिया मुक्त बनाउने सकारात्मक लक्ष राखिएको छ ।
'वैदेशिक रोजगार' एप प्रयोगकर्ताले एप Log in गरेपछि एप स्क्रिनको मुख्य पेजको सबैभन्दा माथि बायाँ पट्टि Hire me बटन संगै अर्को बटन Train me बटन देख्दछन् ।
यसमा क्लिक गरेपछि सीपयुक्त बन्न चाहेका युवाहरुले आफू कुनै पनि काम/पदमा दक्ष र सीपयुक्त बन्न चाहेको जानकारी एपमा जोडिएका सम्बन्धित तालिम प्रदायक संस्थाहरुलाई दिन सक्दछन् ।
एप प्रयोगर्ताले सूचित गरेपछि सम्बन्धित युवाको छनौटमा परेको तालिम प्रदायक संस्था (Training Center) ले सोको जानकारी प्राप्त गर्दछन् । अब सम्बन्धित तालिम प्रदायकले इच्छुक सिप/दक्षता लिन चाहेको युवालाई आफ्नो संस्थामा तालिममा जोडेर दक्ष बनाउन सक्दछ । यसरी दक्ष बनेको युवाले आफ्नो इच्छा अनुसार वैदेशिक रोजगारमा जोडिने वा स्वदेशमै आफ्नो सीप अनुसार रोजगारमा जोडिन आफूलाई सहज बनाउनेछ ।
यो फिचरको सहयोगले कुनै पनि युवा दक्ष बन्न प्रेरित हुन्छ साथै सहजै आफ्नो इच्छा अनुसारको तालिममा सीपयुक्त बनेर आफूलाई भविष्यको अवसरहरुमा सफल बनाउन सक्षम हुन्छ । यो फिचरको उदेश्य वैदेशिक रोजगारमा जोडिने युवालाई दक्ष काममा जोडिन, सीपयुक्त जनशक्ति बन्न अभिप्रेरित गर्दछ ।
Something went wrong.