बैदेशिक रोजगारीको लागि सम्पूर्ण प्रक्रिया पुरा भएपछि अन्तिममा श्रम स्वीकृति
लिनुपर्दछ । यदी यस्तो श्रम-स्वीकृतिनै लिईएको छैन भने तपाइँलाई कामदारको रुपमा बैदेशिक रोजगारमा जान अनुमति
छैन भन्ने बुझ्नुपर्छ । त्यसैले बैदेशिक रोजगारीमा जानु अघिनै आफ्नो श्रम स्वीकृति छ/छैन हेर्नुपर्छ । जसको
लागि माथिको बक्समा आफ्नो Passport नम्बर टाइप गरेर खोज्नुपर्छ । (उदाहरणको लागि तपाइँले बैदेशिक रोजगारीको
लागि सबै प्रक्रिया पुरा गरेर बैदेशिक रोजगारमा उड्नुपुर्व आफ्नो पासपोर्ट नम्बर (माथिको बक्समा) हानेर सर्च
गरेपछि यदी श्रम स्वीकृति भएको छ भने तपाइको नाम, तपाइँ जान लागेको देश, कम्पनीको नाम तथा पद सहितको विवरण
हेर्न सक्नुहुन्छ । यदी श्रम स्वीकृति देखाएन भने बैदेशिक रोजगार बिभागमा बुझ्नुपर्छ ।
याद राख्नुहोस्:- बैदेशिक रोजगारीको लागि कुनैपनि व्यक्ति वा म्यानपावर मार्फत जानुअघि आफ्नो श्रम स्वीकृति
भए/नभएको अनिवार्य हेर्नुहोस् । यदी कोहि कसैले बिना श्रम स्वीकृति तपाइँलाई बैदेशिक रोजगारीमा लाँदैछ भने
त्यो अवैध हो । अवैधानिक बाटोबाट रोजगारीमा जाँदा ठगिनुका साथै मानव तस्करको फन्दामा परि विदेशमै अलपत्र
पर्न सकिन्छ । अवैधानिक बाटोबाट रोजगारीमा जाँदा कानूनी कारबाही हुने, सम्झौता बमोजिम काम नपाउने र
कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने अवस्था आउँछ ।