स्वास्थ्य जानकारी (Health)

वैदेशिक रोजगार: यी हुन् दुर्घटना (Accident) प्रवल सम्भावना हुने कामहरू 81 views

वैदेशिक रोजगार: यी हुन् दुर्घटना (Accident) प्रवल सम्भावना हुने कामहरू

वैदेशिक रोजगारमा जाने मानिसहरूलाई अरूले मोज गर्न र पैसा कमाउन गएको ठान्छन् । भाग्यमानी रहेछ, अब सुख पाउने भयो भन्ने उनीहरूको सोच हुन्छ । तर रोजगारदाताले त्यति सजिलो काम दिने वा त्यसै बसेर खान दिने होइन । काम गर्न गएपछि पैसा त कमिन्छ नै, दुःख पनि धेरै गर्नुपर्छ । पैसा कमाउने प्रलोभनमा रोजगारमा जानेले जुनसुकै काममा सम्झौता गर्नु चाहिँ हुँदैन । दुर्घटनाको धेरै सम्भावना हुने र जानाजानी रोग निम्त्याउने कामहरूले जीन्दगी वर्वाद पार्न सक्छन् । सम्झौता गर्दा कामको प्रकृति र प्रकार हेरेर कम जोखिम भएका काममा मात्र जानु पर्छ भन्ने सोच राख्नु अनिवार्य हुन्छ । यसका लागि कुन-कुन काम जोखिमपूर्ण हुन् र कुन-कुनले रोग निम्त्याउने प्रवल सम्भावना छ भन्ने कुरा रोजगारमा जानेले थाहा पाउनु अत्यावश्यक हुन्छ ।


दुर्घटना (Accident) प्रवल सम्भावना हुने कामहरू

  • सीसा उद्योग
  • ग्रिल उद्योग
  • प्लम्बिङ
  • विद्युत जडान र फिटिङ
  • ठूला र अग्ला भवनमा रङ लगाउने काम
  • भवन निर्माण
  • ड्राइभिङ
  • स्काफहोल्डिङ
  • मेशिन अपरेटर
  • तेल प्रशोधन
  • ग्याँस प्रशोधन
  • औषधी उद्योग
  • पाम आयल संकलन

Call Us

-

Location

-

Related Orientaion