वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF) 492 views

वैदेशिक रोजगारीमा गएका श्रमिकहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोडिन सक्छन् । विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन पहल गर्दै आएको छ । यस क्रममा प्रमुख श्रम गन्तव्यका दूतावासलाई समेत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अनुरोध गरेको कारण योगदानकर्ता बढ्दै गएको अवस्था छ । कोषका समावेश हुने श्रमिकले मासिक अनलाइन मार्फत कम्तिमा दुई हजार ३०८ रुपयाँ बुझाउनुपर्छ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले श्रम स्वीकृति लिँदा वा नवीकरण गर्दा वा विदेशमा काम गरिरहेको अवस्थामा पनि अनलाइनमार्फत निवेदन दिएर कोषमा आबद्ध हुन सक्छन् । श्रमिकले न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत कोषमा योगदान गर्नुपर्ने नियम छ ।

कोषमा आबद्ध भएपछि श्रमिकले दुर्घटना र अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्ध अवस्था सुरक्षा सुविधा पाउने छन् । श्रमिकले भुक्तानी गरेको योगदान रकममध्ये ७.४८ प्रतिशत रकम दुर्घटना र अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुने छ । जसबाट श्रमिकले दुर्घटना उपचार खर्च वार्षिक एक लाख रुपियाँसम्म पाउने छन् । श्रमिक अशक्त भएमा मासिक ६० प्रतिशत भुक्तानी हुने छ । वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ ।

विदेशमा रहेका श्रमिक आबद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ । त्यस्तै श्रमिकको मृत्यु भएमा अन्तिम संस्कारका लागि २५ हजार भुक्तानी गर्ने छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ठ रकम लिन वा निवृत्तिभरण योजनामा सहभागी बन्न सक्ने सकिने व्यवस्था रहेको कोषले गरेको छ । 

Location

Babarmahal, Kathmandu, Nepal

वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

Related Categories

बैदेशिक रोजगार वोर्ड (FEB)

बैदेशिक रोजगार वोर्ड (FEB)

2238

11

बैदेशिक रोजगार बिभाग (DOFE)

बैदेशिक रोजगार बिभाग (DOFE)

860

3

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

मानव बेचबिखन अनुसन्धान ब्युरो (AHTB)

187

0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA)

343

1

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

1476

4

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

वैदेशिक रोजगार कल्याणकारी कोष (Welfare Fund)

281

0

प्रवासी नेपाली समन्वय समिति (PNCC)

प्रवासी नेपाली समन्वय समिति (PNCC)

165

0

सुरक्षित आप्रवासन (SaMi)

सुरक्षित आप्रवासन (SaMi)

177

0

स्वास्थ्य जानकारी (Health)

स्वास्थ्य जानकारी (Health)

262

0

तालिम, सीप तथा सिकाइ (Training Info)

तालिम, सीप तथा सिकाइ (Training Info)

573

0

बित्तिय जानकारी (Financial info)

बित्तिय जानकारी (Financial info)

232

1

ऐन/कानुन र अधिकार (Laws & Rights)

ऐन/कानुन र अधिकार (Laws & Rights)

307

4

राहदानी (Passport) सम्बन्धि जानकारी

राहदानी (Passport) सम्बन्धि जानकारी

7135

0

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

वैदेशिक रोजगार ठगि जालसाझी र धोकाधडी

2738

0

मेरो भोगाई, अनुभव र सिकाई

मेरो भोगाई, अनुभव र सिकाई

273

2

श्रम स्वीकृति र नवीकरण

श्रम स्वीकृति र नवीकरण

10056

0

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

वैदेशिक रोजगार अभिमुखिकरण (Orentation)

515

1

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

वैदेशिक रोजगार: निःशुल्क कानूनी सेवा (by People Forum)

414

2

गैर आवासिय नेपाली संग (NRNA)

गैर आवासिय नेपाली संग (NRNA)

60

1