वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

सामाजिक सुरक्षा कोष योजनामा सहभागी हुन कति योगदान रकम जम्मा गर्नु पर्छ ? 45 views

९.    सामाजिक सुरक्षा कोष (SSF) योजनामा सहभागी हुन कति योगदान रकम जम्मा गर्नु पर्छ ?

    नेपाल सरकारले औद्योगिक क्षेत्रका श्रमिकको लागि तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा एक्‍काईस दशमलव तेत्तीस प्रतिशत योगदान गर्नु पर्छ ।  कोषले जम्मा भएको रकम देहाय बमोजिमका योजनाहरुमा देहाय बमोजिम बाँडफाँट गर्नेछ :-
•    दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८%,
•    वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५%

१०.    बढिमा कति रकम सम्म जम्मा गर्न सकिन्छ ?
    न्यूनतम आधारभूत पारिश्रमिकको बढीमा तीन गुणासम्म योगदान गर्न सकिन्छ ।
११.    न्युनतम भन्दा बढि जम्मा भएको रकम कुन योजनामा जम्मा हुन्छ ?
    यसरी जम्मा भएको रकम वृद्धावस्था सुरक्षा योजनामा अन्तगर्गत अवकास वचत योजनामा जम्मा हुन्छ । 
१२.    कति समय योगदान गर्नेले बीमा अन्तर्गतको सुविधा प्राप्त गर्छ ?
    घटना घटेको मितिभन्दा अघिको बाह्र महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेमा सुविधा प्राप्त हुन्छ । 
१३.    बृद्धावस्था/ अवकाश बचत योजनामा जम्मा भएको रकम कहिले प्राप्त गर्न सकिन्छ ?
    वैदेशिक रोजगारी वा विदेशको स्वरोजगार अन्त्य गरी नेपाल फर्किए पछि अवकाश वचतको रकम र ६० वर्ष उमेर पश्चात मासिक रुपमा यस्तो सुविधा पाइन्छ । वा निवेदन दिई ६० वर्ष पछि पेन्सनको रुपमा वृद्धावस्था योजना अन्तर्गतको रकम प्राप्त गर्नेछन् । 
१४.    यस योजना अन्तर्गत के के सुविधा छ ?
    यस योजनामा देहाय बमोजिम सुविधा रहेको छः
    दुर्घटनामा परेको योगदानकर्ताले अस्पताल भर्ना भई उपचार गराउँदाको अवस्थाको एक लाख रुपैयाँसम्मको उपचार खर्चको भुक्तानी ।
    दुर्घटनाको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निज काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा पाउने । 
    दुर्घटनाका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधाबापत मासिक रुपमा अशक्तता पेन्सनको भुक्तानी ।
    दुर्घटनाको कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले न्यूनतम आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवित रहुञ्‍जेल अशक्तता पेन्सनको भुक्तानी ।
    जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्‍नीलाई न्यूनतम आधारभूत पारिश्रमिकको चालिस प्रतिशतका दरले जीवनभर निवृत्तभरण ।
    अविवाहितको हकमा बाबुआमाले प्राप्त गर्नेछन् ।
    मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पूरा नभएको सन्ततिले सो उमेर पूरा नभएसम्म शैक्षिकवृत्ति बापत न्यूनतम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा शैक्षिकवृती पाउने । 
    अन्तिम संस्कारको लागि एकमुष्ठ पच्चीस हजार रुपैयाँ ।
    प्रतिफल सहितको अवकाश भुक्तानी र पेन्सन पाईने । 
१५.    अवकाश वचत योजनामा रकम जम्मा गरेमा कसरी फिर्ता पाइन्छ ?
    योगदानकर्ताले अवकाश वचत योजनामा जम्मा गरेको रकम र यसले आर्जन गरेको प्रतिफल योगदानकर्ताको वैदेशिक रोजगारी अन्त्य भएपछि वा विदेशको स्वरोजगारी छाडी फर्किए पछि एकमुष्‍ठ पाइन्छ । तर योगदानकर्ताले निवेदन दिएमा यस्तो रकमलाई निवृत्तभरण योजनामा हस्तान्तरण गर्न सकिन्छ ।
१६.    अवकाश बचतमा अरु के के सुविधा प्राप्त गर्न सकिन्छ ?
    अवकाश वचत योजनामा जम्मा भएको रकममा कोषले प्रतिफल प्रदान गर्दछ भने कोषले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी व्यवसाय प्रवर्द्धन कर्जा समेत दिने तयारी गरिरहेको छ । 
१७.    निवृत्तभरण योजना अन्तर्गत पाउने सुविधा के के रहेका छन ?
    निवृत्तभरण योजनामा योगदान गर्ने योगदानकर्तालाई देहायको अवस्थामा देहाय बमोजिम सुविधा प्रदान गरिनेछ :-
•    योगदानकर्ताको साठी वर्ष उमेर पूरा भएपछि निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्‍त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई एकसय साठीले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउनेछ।
•    कुनै योगदानकर्ताको सुविधा प्राप्‍त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान र कोषको लगानीबाट प्राप्‍त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ रुपमा प्रदान गरिनेछ।
•    योगदानकर्ताले निवृत्तभरण प्राप्‍त गर्न शुरु गरे पछि मृतकको पति वा पत्‍नीलाई योगदानकर्ताले पाइरहेको निवृत्तिभरणको पचास प्रतिशतले हुन आउने रकम आजीवन निवृत्तभरण प्रदान गरिनेछ।
१८.    अग्रिम रुपमा रकम जम्मा गरेमा कति छुट पाइन्छ ?
    कोषमा योगदान गर्नु पर्ने छ महिना भन्दा बढी अवधिको रकम अग्रीम रुपमा कोषमा जम्मा गर्ने योगदानकर्तालाई सञ्चालक समितिले निर्णय गरी जम्मा गर्नुपर्ने रकमको दश प्रतिशतसम्म छुट दिन सक्नेछ ।
१९.    अन्य कुन कुन अवस्थामा छुट पाइन्छ ?
    बीमा सम्वन्धी सुविधाहरु लगातार तीन वर्षसम्म प्रयोग नगर्ने योगदानकर्ताले निवृत्तभरण योजनामा सहभागी हुनेगरी निवेदन दिएमा सञ्चालक समितिले निर्णय गरी उक्त योजनामा जम्मा भएको रकमको २० प्रतिशतसम्म बृद्धावस्था सुरक्षा योजनामा जम्मा गरिनेछ ।
    सम्वन्धित देशमा बसोवासको लागि लाग्ने खर्च कटाइ वार्षिक आम्दानीको कम्तिमा ७० प्रतिशत रकम बैकिङ माध्यमबाट नेपाल पठाएको प्रमाण पेश गरेमा सञ्चालक समितिले निर्णय गरी वृद्धावस्था सुरक्षा बाहेकका योजनाहरुमा जम्मा गर्नु पर्ने रकममा २० प्रतिशत सम्म छुट दिन सकिनेछ ।
२०.    नेपाल फर्किए पछि योजना के हुन्छ ?
•    नेपाल फर्किए पछि सो योजनालाई निरन्तरता दिन वा अन्य योजनामा निवेदन दिइ सहभागी हुन सकिनेछ । 
२१.    अन्य जानकारी चाहिएमा कसरी सम्पर्क गर्न सकिन्छ ?
    कोषको हट लाइन नम्वर १११६ मा निशुल्क रुपमा फोन गरी वा कोषको आधिकारीक Facebook page / Twitter /Viber मार्फत विभिन्न जानकारी लिन सकिन्छ । वैदेशिक रोजगारीमा रहनुहुने योगदानकर्ताको लागि Viber/Whatsapp no: 9851351754. Email: [email protected]  

Location

Babarmahal, Kathmandu, Nepal

सामाजिक सुरक्षा कोष योजनामा सहभागी हुन कति योगदान रकम जम्मा गर्नु पर्छ ?

Related Orientaion