वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (SSF)

वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगार रहेका नेपालीले SSF मा सुचिकृत हुन के-के कागजात आवस्यक पर्छ ? 177 views

वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगार रहेका नेपालीले SSF मा सुचिकृत हुन के-के कागजात आवस्यक पर्छ ?

वैदेशिक रोजगारमा श्रम स्वीकृति लिएर गएकाहरुको हकमा:

  • वैदेशिक रोजगारमा रहेको श्रमिकले निवेदन दिँदा देहाय बमोजिमको विवरण खुलाउनु तथा कागजात दिनु पर्दछ ।
  • श्रमिकको नेपाली नागरिकता वा राहदानीको प्रतिलिपी
  • श्रम स्वीकृतिको प्रतिलिपि (भारत वाहेक),
  • आफूले श्रम गर्न जान लागेको देश, रोजगारदाता कम्पनी र ठेगाना,
  • नेपालमा सम्पर्क गर्ने व्यक्तिको नाम थर, ठेगाना, नाता, सम्बन्ध र सम्पर्क लगायत विवरण ।

विदेशी मुलुकमा स्वरोजगारमा रहेकाहरुको हकमा:

  • स्वरोजगारमा रहेको व्यक्तिको नेपाली नागरिकता वा राहदानी र भिसाको प्रमाणित प्रतिलिपि,
  • स्वरोजगार सम्बन्धी पेशा वा व्यवसाय दर्ताप्रमाणपत्रको प्रमाणित प्रतिलिपि,
  • पेशा वा व्यवसायको नाम तथा त्यस्तो पेशा वा व्यवसाय गरेको ठेगाना तथा सम्पर्क नम्बर लगायत विवरण, र
  • कोषमा सूचीकृत भएपछि आफूले मासिक रुपमा गर्ने योगदानको रकम ।

Location

Babarmahal, Kathmandu, Nepal

Related Orientaion