यन्त्रवाचक राहदानीमा भएका सबै विशेषता विद्युतीय राहदानीमा हुने र यसमा चिप पनि घुसाएर राखिएको हुने हुनाले यो केही बाक्लो हुन्छ । सामान्यतः चिप शुरू कभरमा, डाटा पेजमा वा अन्तिम कभरमा राखिन्छ । जुन पेजमा चिप राखिन्छ, उक्त पेजको मोटाइ अन्य पानाभन्दा केही बाक्लो हुन्छ । चिपलाई कागजको पत्रमा बाहिरबाट नदेखिने गरी र छाम्दा पनि थाहा नहुने गरी राखिएको हुन्छ । चिप राखिने पत्रलाई ईनले (Inlay) भनिन्छ । यसमा भएको तथ्याङ्क पढ्न चिपलाई ईनलेमा घुमाएर राखिएको एन्टिनासँग जोडिएको हुन्छ । यसकै सहायताले विद्युतीय राहदानीमा भएको डाटा पढ्न र हेर्न सकिन्छ ।
ICAO ले अन्तर्राष्ट्रिय यात्रालाई सहज बनाउन अर्थात् Seamless Travel को सुनिश्चितताको लागि कुनै पनि देशलाई पछाडि छाडिनु हुँदैन (No Country Left Behind) भन्ने नारा ल्याएको छ । यसको मतलब, विना कुनै अवरोध, विना कुनै त्रुटि अन्तर्राष्ट्रिय यात्रा गर्न पाउनु आजको आवश्यकता हो। यसका लागि राहदानी प्रमुख साधन हो । यसमा पनि विद्युतीय राहदानीबाट व्यक्ति पहिचानको समस्या सम्बोधन हुनुका साथै यात्राका क्रममा गरिने कतिपय कार्यलाई स्वचालित (जस्तै इ–चेक, इ–बोर्डिङ्ग) बनाउन सकिन्छ । यन्त्रवाचक राहदानीमा रहेको तस्विरबाट राहदानी वाहक व्यक्ति उही व्यक्ति हो होइन भनी सहज पहिचान गर्न कठिन हुन्छ । अझ दैनिक हजारौं सङ्ख्यामा यात्रा गर्ने व्यक्तिलाई हेरेर पहिचान गर्नु झनै चुनौतीपूर्ण रहेको सन्दर्भमा विद्युतीय राहदानीको प्रयोगमा बढोत्तरी भएको छ ।
Department of Passports, Tripureshwor, Kathmandu, Nepal
Something went wrong.