राहदानी (Passport) सम्बन्धि जानकारी

विद्युतिय राहदानी (e-Passport) भनेको के हो ? 389 views

विद्युतिय राहदानी (e-Passport) भनेको के हो ?

विद्युतीय राहदानी (जसलाई Biometric Passport, वा e–Passport वा Digital Passport पनि भनिन्छ) परम्परागत राहदानी कै विकसित रूप हो । यसमा MRP मा रहेका सम्पूर्ण विशेषताहरू हुनुका साथै Electronic Microprocessor Chip समेत रहेको हुन्छ ।

उक्त चिपलाई Smart Integrated Circuit Chip वा Integrated Circuit Chip वा IC Chip पनि भनिन्छ । यसलाई राहदानीको बाहिरी वा भित्री पानामा बाहिरबाट नदेखिने गरी घुसाएर राखिएको हुन्छ । चिपमा व्यक्तिका जैविक पहिचान (Biometric Identification) हरू जस्तै आँखाको रेटिना, औँठाछाप, फोटो आदि राखिन्छ । जैविक पहिचान राखिने भएकाले विद्युतीय राहदानी लिएर यात्रा गर्ने वाहकको सहज र सरल तरिकाले पहिचान गर्न सकिने हुन्छ ।

विद्युतीय बाहेक अन्य राहदानीको हकमा राहदानीमा रहेको तस्विरको आधारमा अध्यागमन अधिकृतले नाङ्गो आँखाले हेरी पहिचान गर्दा झुक्किने वा त्रुटि रहने सम्भावना रहन्छ । कम्प्युटर प्रविधिको विकाससँगै मानिसबाट हुनसक्ने त्रुटिलाई न्यूनीकरण गर्दै लगिरहेको छ । कम्प्युटर प्रविधिको विकासले व्यक्तिको मुहार, आँखाको रेटिना, औँठाछाप जस्ता जैविक पहिचानद्वारा व्यक्तिको पहिचान गर्ने विधिमा उल्लेख्य प्रगति भएको छ ।

व्यक्तिको रेटिना, औँठाछाप जस्ता पहिचान व्यक्तिको गोपनीयताभित्र पर्ने हुनाले मुहार पहिचान (Facial Recognition) प्रविधिलाई प्रचलनमा ल्याउन प्राथमिकता दिने गरिएको छ । त्यसैले ICAO ले पनि चिपभित्र तस्विर अनिवार्य गरेको र अन्य जैविक पहिचान ऐच्छिक रूपमा सम्बन्धित देशले निर्धारण गर्नसक्ने व्यवस्था गरेको छ । जैविक पहिचानहरूको प्रयोगले कागजातहरूको आधिकारिकतामा वृद्धि ल्याउने हुनाले कागजात जारी गर्दाका बखत त्यसलाई विशेष प्रकारले हेर्ने गरिन्छ । यसको प्रयोग गरी जारी गरिएका कागजातहरूको विश्वसनीयता बढी रहेको हुन्छ । विगत दशकहरूमा मुहार पहिचान पद्धतिमा उच्च शुद्धता कायम गर्न सकिने भएसँगै विद्युतीय राहदानी तथा अध्यागमन विन्दुहरूमा यसको प्रयोगमा धेरै मुलुकहरूले जोड दिएका छन् । अपवाद बाहेक यस्तो प्रविधिबाट जुम्ल्याहाहरूलाई पनि नगण्य त्रुटि हुने गरी पहिचान गर्न सकिने भएको छ । परिणाम स्वरूप हाल विश्वका १३० भन्दा बढी देशहरूले विद्युतीय राहदानी लागू गरिसकेका छन् भने अन्य धेरै देशहरू पनि भविष्यमा विद्युतीय राहदानी लागू गर्ने योजनामा रहेका छन् ।

Call Us

+97715970330

Location

Department of Passports, Tripureshwor, Kathmandu, Nepal

Related Orientaion