- हराएको च्यातिएको राहदानीको हकमा माथि नियोगका लागि तोकिएको दस्तुर बराबरको थप दस्तुर लाग्नेछ ।
- निवेदकको त्रुटिका कारण अर्को नयाँ राहदानी जारी गर्दा माथि नियोगका लागि तोकिएको दस्तुर बराबरको थप दस्तुर लाग्नेछ ।
- कार्यालयको त्रुटिका कारण एक वर्षभित्र अर्को नयाँ राहदानी जारी गर्नु परेमा थप दस्तुर लाग्नेछैन ।
- विदेशस्थित नेपाली नियोगहरू मार्फत दश वर्षभन्दा कम उमेरका नाबालकहरूको राहदानी नवीकरण गर्न वा नयाँ बनाउनु परेमा खण्ड ख, ग, घ, ङ र च बमोजिम लाग्ने दस्तुरको आधा दस्तुर लाग्नेछ ।
सम्बन्धित थप जानकारी:
- राहदानी विभागबाट जारी गरिने यात्रा अनुमति पत्रका लागि रु. चार हजार लाग्नेछ ।
- नियोगबाट जारी गरिने यात्रा अनुमति पत्रका लागि अमेरिकी डलर पचास वा सो बराबरको स्थानीय मुद्रा दस्तुर लाग्नेछ ।
- राहदानी विभागबाट जारी गरिने सिम्यान्स अभिलेख किताबका लागि रु. बाह्र हजार दस्तुर लाग्नेछ ।
- नियोगबाट जारी गरिने सिम्यान्स अभिलेख किताबका लागि अमेरिकी डलर एक सय बीस वा सो बराबरको स्थानीय मुद्रा दस्तुर लाग्नेछ ।
- अस्थायी राहदानीको लागि पचास अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा दस्तुर लाग्नेछ ।
Department of Passports, Tripureshwor, Kathmandu, Nepal
Something went wrong.