बैदेशिक रोजगार वोर्ड (FEB)

वैदेशिक रोजगार बोर्डको काम, कर्तव्य र अधिकारहरु: 100 views

क- नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, गराउने,

ख- वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना सङ्कलन, प्रशोधन र प्रकाशन गर्ने,

ग- वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने गराउने,

घ- वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षणसम्बन्धी आवश्यक  कार्य गर्ने गराउने,

ङ- विदेशबाट फर्की आएका कामदारको सीप, पूँजी र निजले सिकेको प्रविधि उपयोग गरी         

     राष्ट्रहितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने,

च- विभिन्न मुलुकसँग गरिने श्रम सम्झौतासम्बन्धी आवश्यक कार्य गर्ने,

छ- वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्था दर्ता गर्न योग्यता तोक्नुका साथै तालिमको 

     पाठ्यक्रम तर्जुमा र स्वीकृत  गर्ने,    

ज- वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा कामदार र

     व्यवसायीको हकहितको संरक्षण गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालिन र

     दीर्घकालिन नीति तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने,

झ- वैदेशिक रोजगार ऐनको कार्यान्वयन सम्बन्धमा समष्टीगत रुपमा अध्ययन गरीनेपाल सरकारलाई

     सुझाव दिने साथै कानूनको पुनरावलोकन गर्नुपर्ने देखिएमा सोको पुनरावलोकन गरी आवश्यक

     सुधारको लागि नेपाल सरकारलाई सुझाव दिने,

ञ-  सेवा शुल्क तथा प्रवर्द्धनको खर्च निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने,

ट-  नेपाली कामदारले विदेशमा कमाएको आय सरल र सुलभ तरिकाले नेपाल भित्र्याउने सम्बन्धमा

     आवश्यक प्रबन्ध मिलाउनको लागि नेपाल सरकारलाई परामर्श दिने,

ठ- वैदेशिक रोजगारसम्बन्धी कानून विपरीत कुनै काम कारबाही कसैबाट भए गरेको पाइएमा

     आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउने,

ड- इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण र सीपमूलक तालिम सञ्चालन

     गर्नेसंस्थाको अनुगमन गर्ने गराउने,    

ढ- खण्ड -ण) बमोजिम अनुगमन गर्दा वा गराउँदा कसैबाट ऐन वा यस ऐन अर्न्तर्गत बनेको नियम

     विपरीत कुनै काम भएको पाइएमा आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा लेखी

     पठाउने ।

ण-  आफूले सञ्चालन गरेको कार्यहरुको वाषिर्क प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्ने,

त-  वैदेशिक रोजगारको अवसर तथा जोखिम वारे अध्ययन अनुसन्धान गर्ने, गराउने,

थ- वैदेशिक रोजगारसम्बन्धी चेतनामूलक कार्यक्रमहरु रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाद्वारा

    नियमित रुपमा प्रचार, प्रसार गर्ने, गराउने,

द- कामदारको सामाजिक सुरक्षा रणनीति तथा कार्य योजना तयार गर्ने, गराउने,

ध- वैदेशिक रोजगारमा गएका महिला कामदारका निमित्त सुरक्षित गृहको स्थापना गरी सञ्चालन

    गर्ने, गराउने ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

वैदेशिक रोजगार बोर्डको काम, कर्तव्य र अधिकारहरु:

Related Orientaion