बैदेशिक रोजगार वोर्ड (FEB)

विदेशमा मृतक कामदारको नजिकका हकवालालाई आर्थिक सहायता प्रदान 73 views

वैदेशिक रोजगारीका शिलसिलामा श्रम अवधि (मिति २०७४ साउन १६ को शंसोधनले श्रम अवधि समाप्त भए पश्चातको एक वर्ष भित्र मृत्यू भएका कामदारका नजिकका हकवाला (आफैले पालन पोषण गर्नु पर्ने पति वा पत्नी, छोरा) ले यस्तो सुविधा प्राप्त गर्छन् । 

प्रकृया :-

  • मृतक कामदारको शव नेपाल आउने मिति र समय यकिन भए पश्चात, शव आउने दिन वा सो भन्दा अघि वोर्ड सचिवालयमा शव वहानको लागि समन्वय गर्नु पर्ने छ ।
  • मृतक कामदारको शव वुझ्दा विदेशवाट शवसंगै प्राप्त दुतावासको पत्र लगाएतका कागजात, भन्सार तथा हवाई टिकट/एयरवे विल सुरक्षीत राख्नु पर्दछ ।
  • घर्म/परम्परा अनुसारको मृत्यू पर्यन्त कर्म सकिय पश्चात स्थानिय निकायवाट तयार गर्नु पर्ने कागजातहरु मृत्यू दर्ता, नाता प्रमाण (मृतक, हकवाला तथा वालवच्चा समेत), जन्म दर्ता (१८ वर्ष भन्दा कम उमेरका वाल वच्चाको हकमा) तथा अविवाहित सिफारिस (मृतक अविवाहित भएमा) तयार गर्ने
  • वैदेशिक रोजगार विभागमा निवेदन दिई श्रम स्वीकृतिको पत्र तयार पार्ने । (निवेदनको ढाँचा विभागमा उपलव्घ हुने)
  • निवेदन तथा श्रम स्वीकृतीको पत्र वाहेक अन्य सम्पूर्ण कागजातहरुको छाँया प्रति (फोटो कपि) तयार गर्ने र सम्पूर्ण छाँया प्रतिहरुमा स्वीकृति प्राप्त नोटरी
  • पव्लिकवाट नोटरी गराउने । (यस प्रकारका कागजात २ सेट तयार गर्दा, एक सेट ईन्सुरेन्सको रकम प्राप्त गर्न आवश्यक पर्ने)
  • वोर्ड सचिवालयमा उपलव्ध निवेदनको ढाँचामा नजिकको हकवालाले तल उल्लेखित कागजात सहित निवेदन पेश गर्ने ।
  • निवेदन पेश गरे पश्चात तोकिएको समयमा ब्रऋ एबथभभ चेक तयार हुने छ सो वुझ्न नजिकको हकवालाको पासपोर्ट साइजको फोटो एक र मृतक कामदारको सक्कल राहदानी पेश गर्नु पर्ने छ ।
  • प्राप्त चेक नजिकको हकवालाको खाता रहेको वैकमा जम्मा गर्ने ।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • करारनामा/सम्झौतापत्र
  • मृतकको पासपोर्ट फोटो भएको पाना तथा श्रम स्वीकृतिको स्टीकर भएको पाना)÷ट्राभल डकुमेण्ट
  • सम्वन्धित मुलुकको राजदूतावास वा स्वास्थ्य संस्थाको पत्र
  • शव बुझेको भन्सारको कागज
  • स्पष्ट नाता खुलेको नाता प्रमाणपत्र
  • मृत्यू दर्ताको प्रमाणपत्र
  • मृतक अविवाहित भए सो खुलेको कागज
  • मृतक र हकवालाको नागरिकताको प्रतिलिपि 
  • हकवालाको फोटो १ प्रति

नोट:  निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।
नेपालमा शव प्राप्त भएको १ वर्ष भित्र निवेदन पेश गरिसक्नु पर्ने ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

विदेशमा मृतक कामदारको नजिकका हकवालालाई आर्थिक सहायता प्रदान

Related Orientaion