बैदेशिक रोजगार वोर्ड (FEB)

अङ्गभङ्ग भएमा आर्थिक सहायता 66 views

अङ्गभङ्ग वा अशक्त भई बिदेशमा काम गर्न नसकेको कारण नेपाल फर्की निवेदन गर्ने कामदारलाई आर्थिक सहायता प्राप्त हुन्छ । 

प्रकृया :-

  • वैदेशिक रोजगारको सिलसिलामा विदेशमा विरामी वा अंग भंग भएका कामदारले नेपाल आय पश्चात नेपालको अस्पतालमा जाँच गराउनु पर्ने छ ।
  • कामदारले विदेशवाट फर्कि आउदा विदेशको अस्पतालमा जाँच गराएको कागजात वा विरामी भई काम गर्न नसक्ने भई फर्काइएको भन्ने रोजगारदाता कम्पनी वा दुतावासको पत्र अनिवार्य रुपमा लिइ आउनु पर्ने छ ।
  • वोर्ड सचिवालयमा उपलव्ध निवेदनको ढाँचामा कामदार स्व्यं उपस्थित भई तल उल्लेखित कागजात सहित निवेदन पेश गर्ने ।
  • वैदेशिक रोजगार विभागमा निवेदन दिई श्रम स्वीकृतिको पत्र तयार पार्ने । (निवेदनको ढाँचा विभागमा उपलव्घ हुने ।
  • निवेदन तथा श्रम स्वीकृतीको पत्र वाहेक अन्य सम्पूर्ण कागजातहरुको छाँया प्रति (फोटो कपि) तयार गर्ने र सम्पूर्ण छाँया प्रतिहरुमा स्वीकृति प्राप्त नोटरी पव्लिकवाट नोटरी गराउने
  • तल उल्लेख भएका सम्पूर्ण कागाजत तयार गरी वोर्ड समक्ष्य निवेदन दिने । उक्त निवेदन विषेशज्ञ समिति समक्ष पेश हुने र उक्त समितिको वैठक आवश्यकता अनुसार वस्ने भएकोले यस्ता निवेदन उपर कारवाही हुन केही दिन लाग्ने हुन्छ । निवेदन उपर निर्णय भए पश्चात वोर्ड सचिवालयले निवेदकले निवेदनमा उल्लेख गरेको फोन नंम्वरमा सम्पर्क गराउने छन् ।
  • निर्णय भएको खवर प्राप्त भए पश्चात तोकिएको समयमा A/C Payee चेक तयार हुने छ सो वुझ्न कामदारको पासपोर्ट साइजको फोटो एक र सक्कल राहदानी सहित सम्पर्क गर्नु पर्ने छ । 

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • रितपूर्वक भरेको निवेदन
  • श्रम स्वीकृतिपत्र
  • करारनामा/सम्झौतापत्र
  • बिदेशको अस्पतालमा उपचार गराएको प्रमाणहरु,
  • नेपालको मान्यताप्राप्त अस्पतालमा उपचार गराएको प्रमाणहरु (बिरामीको पछिल्लो अवस्था प्रष्ट खुलेको हुनुपर्नेछ)
  • नेपाल फर्कदाको हवाई टिकट
  • बिरामीको पासपोर्ट (श्रम स्वीकृतिको स्टीकर समेत देखिने)÷ट्राभल डकुमेण्ट 
  • घाउ चोटपटक लागेको भए स्पष्ट देखिने फोटो
  • बिरामीको पासपोर्ट साइजको फोटो
  • बिरामीको नागरिकताको प्रतिलिपि
  • बिरामी आफै उपस्थित भई निवेदन पेश गर्न नसक्ने अवस्था भएमा स्थानीय निकायको सिफारिशमा ,बिरामीको मञ्जुरीनामा र हकवालासँगको नाता प्रमाणित सहित बिरामी आफै उपस्थित हुन नसकेको अवश्थामा माथि उल्लिखित कागजातहरु नजिकको हकवालाले पेश गर्न सक्नेछ ।
  • निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ ।

रितपूर्वक प्राप्त भएका निवेदनहरुलाइ वैदेशिक रोजगार कार्य संचालन निर्देशिकको अनूसूचि ७ वमोजिम रोग स्पष्ट भएकाको हकमा बोर्ड सचिवालयवाट र रोग स्पष्ट नभएकाहरुको हकमा विशेषज्ञ समितिको वैठकमा पेश गरि विशेषज्ञ समितिको निर्णयानुसार उपचार खर्च उपलव्ध गराइने ।

नोट: नेपाल फर्किएको १ वर्ष भित्र निवेदन पेश गरिसक्नु पर्छ । अन्यथा आर्थिक सहायता प्राप्त हुँदैन ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

अङ्गभङ्ग भएमा आर्थिक सहायता

Related Orientaion