बैदेशिक रोजगार वोर्ड (FEB)

बिदेशवाट शव झिकाउँन तथा घरसम्म शव पुर्याउन 74 views

क) बिदेशवाट शव झिकाउँन

वैदेशिक रोजगारमा गएको कुनै कामदारको मृत्यु भएमा शव झिकाउन सम्वन्धीत नियोगहरुमा पत्राचार गरिने ।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • ​​​​कामदारको राहदानी/नागरिकताको प्रतिलिपि
  • बिदेशमा काम गरेको कम्पनीको नाम, ठेगाना र सम्पर्क नं.
  • निवेदन पेश गर्ने व्यक्तिको परिचय खुल्ने कागजात  (नागरिकता, राहदानी

निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध छ । 

ख ) घरसम्म शव पुर्याउनः–

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गएको कामदारको शव नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले शव वहान उपलव्ध गराउने छ ।

निवेदनसाथ पेश गर्नुपर्ने काजगातहरु :-

  • निवेदकको परिचय खुल्ने कागजात सहितको निवेदन
  • कामदारको राहदानी नं
  • नेपालमा शव आइपुग्ने मिति र  समय

# निवेदनको ढाँचा बोर्ड सचिवालयमा उपलव्ध हुन्छ । 

निवेदन प्राप्त भएकै दिन सम्वन्धीत ढुवानी कम्पनीलाइ पत्राचार गरी शव ढुवानीको व्यवस्था गरीने ।

Location

बबरमहल, काठमाण्डाैं, नेपाल

बिदेशवाट शव झिकाउँन तथा घरसम्म शव पुर्याउन

Related Orientaion