वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

वैदेशिक रोजगार दुर्घटनामा परि घाइते भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ? 357 views

वैदेशिक रोजगार दुर्घटनामा परि घाइते भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ?

दुर्घटनामा परि पूर्ण अशक्त भए... 

वैदेशिक रोजगारमा जाने श्रमिकले म्यादी जीवन बीमा गरेको निश्चित समय अवधिमा दुर्घटनामा परेमा पनि सम्बन्धित कागजातहरु सहित आफूले बीमा गरेको सम्बन्धित बीमा कम्पनीमै निवेदन दिनु पर्ने हुन्छ । 

पूर्ण रुपमा अशक्त भएमा: रु. १० लाख

आय नोक्सानी वापत: रु. २ लाख 

कुल पीडितले पाउने रकम: १२ लाख 

 

दुर्घटनामा परि आंशिक अशक्त भए... 

वैदेशिक रोजगारमा जाने श्रमिकले म्यादी जीवन बीमा गरेको निश्चित समय अवधिमा दुर्घटनामा परेर आंशिक रुपमा अशक्त भएमा पनि सम्बन्धित कागजातहरु सहित आफूले बीमा गरेको सम्बन्धित बीमा कम्पनीमै निवेदन दिनु पर्ने हुन्छ । 

आंशिक रुमपा असक्त भएमा: रु ५ लाख

आय नोक्सानी वापत: रु. १ लाख

कुल पीडितले पाउने रकम: ६ लाख 

 

दुर्घटना वा कुनै कारणवश क्षति हुँदा... 

निको नहुने गरी दुवै आँखाको दृष्टि पूर्ण क्षति भएमा, वा दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, वा  एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोका जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाका दृष्टि पूर्ण रुपले क्षति भएमा बीमाङ्क रकम बराबर भुक्तानी अर्थात १० लाख रुपैयाँ भुक्तानी हुन्छ । 

त्यसैगरी, एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा, वा एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरीक रुपले काम नलाग्ने गरी क्षति भएमा, वा वोल्ने क्षमता पूर्ण रुपले क्षति भएमा वा दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा बीमाङ्क रकमको ५० प्रतिशत दावी भुक्तानी हुन्छ । अर्थात ५ लाख रुपैयाँ भुक्तानी हुन्छ । 

यसका सथै एउटा कानको सुन्ने शक्ति पूर्ण रुपमा क्षति भएमा वा हातको बुढी औँला पूर्ण रुपले क्षति भएमा बीमाङ् रकम(१० लाख) को २० प्रतिशत अर्थात २ लाख रुपैयाँ भुक्तानी हुन्छ । त्यसैगरी, हातको चोरी औँलाको पूर्ण रुपले क्षति भएमा १५ प्रतिशत अर्थात १ लाख ५० हजार रुपैयाँ, हातको बुढी र चोरी औँला बाहेक कुनैपनि पूर्णरुपले क्षति भएमा ७ प्रतिशत अर्थात ७० हजार रुपैयाँ भुक्तान हुन्छ । 

यसैगरी खुट्टाको बुढी औँला पूर्णरुपले क्षति भएमा ५० हजार रुपयाँ र खुट्टाका अन्य औँलाहरुको क्षति भएमा ४० हजार रुपैयाँ   आफूले बीमा गरेको सम्बन्धित बीमा कम्पनीलेनै दावी भुक्तानी गर्छ । 

Call Us

+977-9861208179

Location

Baluwatar-4, Kathmandu, Nepal

Related Orientaion