वैदेशिक रोजगार (म्यादी) बीमा (Insurance)

वैदेशिक रोजगार मृत्यु भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ? 292 views

वैदेशिक रोजगार मृत्यु भएमा (म्यादी) जीवन बीमा गरेबापत दाबी भुक्तानी कसरी लिने ? कति पाइन्छ ?

मृत्यु भएमा

वैदेशिक रोजगारमा जाने श्रमिकले म्यादी जीवन बीमा गरेको निश्चित समय अवधिमा मृत्यु भएमा सो व्यक्तिको परिवारले जतिसक्दो छिटो बीमा कम्पनीमा दाबीको लागि निवेदन दिनु पर्दछ । यसरी निवेदन दिँदा वडा कार्यलयबाट जारी मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणपत्र, विदेशमा मृत्यु भएमा राजदूतावासले जारी गर्ने पत्र, अस्पतालमा मृत्यु भएमा अस्पतालले दिने प्रमाणपत्र, शव फिर्ताको ईम्बलमिङ’ सर्टिफिकेट वा भन्सार प्रज्ञापनपत्र, कम्पनीबाट जारी भएको पोलिसी आदि कागजात सहित कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । 

निवेदन दिएको १५ दिन भित्र कम्पनीले दावी रकम भुक्तानी गरिदिन बाध्य हुन्छ ।

मृत्यु दावी खर्च: रु १० लाख

काजकिरिया खर्च: रु १ लाख

शव फिर्ता खर्च: रु १ लाख

आय नोक्सानी खर्च: रु २ लाख

 

पीडितको परिवारले कुल प्राप्त गर्ने रकम: रु. १४ लाख

 

Call Us

+977-9861208179

Location

Baluwatar-4, Kathmandu, Nepal

Related Orientaion