वैदेशिक रोजगारमा जाने कुनैपनि नेपाली कामदारले अनिवार्य रुपमा म्यादी जीवन बीमा गरेर मात्र श्रम स्वीकृति लिन पाउने नियम छ । वैदेशिक रोजगारीका लागि जाने कामदारले उसको उमेर र काम गर्नै अवधिका आधारमा यो प्रकारको बीमा गर्ने गर्छ ।
यस प्रकारको बीमा गर्दा राहदानीको स्क्यान कपी, नागरिकताको स्क्यान कपी, एक प्रति पासपोर्ट साईजको फोटो स्क्यान गरेर अपलोड गरेर गर्न सकिन्छ । ईसेवा र खल्तीमार्फत अनलाईनबाट बीमा गर्न सकिने सुविधा छ । कम्पनीको वेबसाईटबाट नै बीमा भएको नभएको हेर्न पनि सकिन्छ । यस्तै बीमा अवधि पनि हेर्न सकिन्छ । साथै वैदेशिक रोजगारको श्रम स्वीकृति पाएपछि वैदेशिक रोजगार बिभागको वेबसाइटमै आफ्नो पासपोर्ट नम्वर हानेर आफ्नो बिमा पोलिसी नम्वर र बीमा गरेको बीमा कम्पनिको समेत जानकारी लिन सकिन्छ । यस प्रकारको बीमाका बीमाङ्क रकम १० लाख रुपैयाँको हुन्छ ।
वैदेशिक रोजगर म्यादी बीमा गर्दा लाग्ने बीमाशुल्क सो व्यक्तिको उमेर र काम गर्ने अवधि अर्थात बीमा अवधिका आधारमा फरक-फरक हुन्छ । बीमा प्राधिकराणले तोके अनुसार उमेर समूह अनुसार चार फरक-फरक शुल्कमा बीमा गरे बापत रकम तिर्नुपर्छ ।
१ वर्ष अवधिको बीमा शुल्क: रु. १,४००/-
१.५ वर्ष अवधिको बीमा शुल्क: रु. २,२२९/-
२ वर्ष अवधिको बीमा शुल्क: रु. २,६४६/-
२.५ वर्ष अवधिको बीमा शुल्क: रु. ३३०८/-
३ वर्ष अवधिको बीमा शुल्क: रु. ३,५२४/-
३.५ वर्ष अवधिको बीमा शुल्क: रु. ४,१११/-
४ वर्ष अवधिको बीमा शुल्क: रु. ४,४२३/-
४.५ वर्ष अवधिको बीमा शुल्क: रु. ४,९७६/-
५ वर्ष अवधिको बीमा शुल्क: रु. ५,५४८/-
५.५ वर्ष अवधिको बीमा शुल्क: रु. ५,६६३/-
६ वर्ष अवधिको बीमा शुल्क: रु. ५७२८/-
६.५ वर्ष अवधिको बीमा शुल्क: रु. ६,२०५/-
१ वर्ष अवधिको बीमा शुल्क: रु. २,१७५/-
१.५ वर्ष अवधिको बीमा शुल्क: रु. ३,२६३/-
२ वर्ष अवधिको बीमा शुल्क: रु. ३,६२५/-
२.५ वर्ष अवधिको बीमा शुल्क: रु. ४,५३१/-
३ वर्ष अवधिको बीमा शुल्क: रु. ४,९३०/-
३.५ वर्ष अवधिको बीमा शुल्क: रु. ५,७५२/-
४ वर्ष अवधिको बीमा शुल्क: रु. ६,०९०/-
४.५ वर्ष अवधिको बीमा शुल्क: रु. ६,८५१/-
५ वर्ष अवधिको बीमा शुल्क: रु. ७,१०५/-
५.५ वर्ष अवधिको बीमा शुल्क: रु. ७,८१६/-
६ वर्ष अवधिको बीमा शुल्क: रु. ८,४११/-
६.५ वर्ष अवधिको बीमा शुल्क: रु. ९,११२/-
१ वर्ष अवधिको बीमा शुल्क: रु. ५,०७६/-
१.५ वर्ष अवधिको बीमा शुल्क: रु. ७,६१४/-
२ वर्ष अवधिको बीमा शुल्क: रु. ८,२५०/-
२.५ वर्ष अवधिको बीमा शुल्क: रु. ९,०६३/-
३ वर्ष अवधिको बीमा शुल्क: रु. ९,५७०/-
३.५ वर्ष अवधिको बीमा शुल्क: रु. ११,१६५/-
४ वर्ष अवधिको बीमा शुल्क: रु. १२,०३५/-
४.५ वर्ष अवधिको बीमा शुल्क: रु. १३,५३९/-
५ वर्ष अवधिको बीमा शुल्क: रु. १४,५००/-
५.५ वर्ष अवधिको बीमा शुल्क: रु. १५,९५०/-
६ वर्ष अवधिको बीमा शुल्क: रु. १६,८२०/-
६.५ वर्ष अवधिको बीमा शुल्क: रु. १८,२२२/-
६५ बर्ष भन्दा बढी उमेरका व्यक्तिहरुका लागि बीमा कम्पनीले तोके अनुसार प्रिमियम मूल्य कायम हुन्छ । तर, ५१ देखि ६४ वर्ष उमेर समूहलाई लाग्ने मूल्यमा ५० प्रतिशत भन्दा बढी थप गर्न कम्पनीले पाउँदैनन् ।
उक्त सबै समूह र उमेरको प्रिमियम मूल्यमा घातक रोग वापतको थप ४०० रुपैयाँ प्रिमियम शुल्क लाग्छ । जस्तै, १८ वर्षको उमेरका एक व्यक्तिले १ वर्षको लागि यस प्रकारको बीमा गर्दा १४ सय ८६ रुपैयाँमा ४ सय थप हुदाँ १८ सय ८६ रुपैयाँ प्रिमियम तिर्नु पर्ने हुन्छ । यसरी गरिएको बीमाको अवधिभित्र व्यक्तिको कुनै दुर्घटना तथा मृत्यु भएमा सो बमोजिम दावी भुक्तानी कम्पनीले दिने गर्दछ । दुर्घटनाको सन्दर्भमा कस्तो प्रकारको दुर्घटना, शरिरको कुन भाग तथा अंगमा कति क्षति भयो लगायत विभिन्न कुराहरुको अध्ययन गरेर कम्पनीले दावी भुक्तानी गर्ने गर्दछ ।
Baluwatar-4, Kathmandu, Nepal
Something went wrong.