वैदेशिक रोजगारमा पठाउन कुनैपनि इजाजतपत्रवालाले विभागबाट स्वीकृति नलिई कामदारहरुलाई विदेस पठाएमा वा कुनै ईजाजपत्रवालाले कसैलाई वैदेसिक रोजगारमा लगिदिन्छु भनि झुटो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिई विदेस नपठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिसत (५०%)ले हुने रकम भराई त्यस्तो इजाजतपत्रवालालाई तीन लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात बर्षसम्म कैद हुने व्यवस्था छ र त्यस्तो इजाजतपत्रवालाको इजाजतपत्र समेत रद्द हुने व्यवस्था छ ।
उदाहरण:
ABC भन्ने म्यानपावर नेपाल सरकारद्वारा इजाजतप्राप्त म्यानपावर हो । तर यो म्यानपावरले वैदेशिक रोजगार बिभागबाट सम्बन्धित डिमाण्डमा कम्पनी/देशमा पठाउने पुर्व स्वीकृति लिएको छैन । तर उक्त म्यानपावरले सरकारसँग स्वीकृतिनै नलिएको डिमाण्डमा विदेश पठाउने भनि पैसा अशुलेको छ भने यस्तो सजाय आकर्षित हुन्छ । साथै यस्तो स्वीकृतिनै नपाएको कम्पनीको डिमाण्डमा उक्त म्यानपावरले विदेशनै पठाएको अवस्थामा पनि उजुरी पर्यो भने उक्त म्यानपावर कम्पनी सजायको भागेदार हुनुपर्छ ।
Tahachal, Kathmandu, Nepal
Something went wrong.