मेरो भोगाई, अनुभव र सिकाई

'मेरो आँखै अगाडी कतारले गरेको विकास लोभलाग्दो छ' - प्रताप ढुंगाना 154 views

१९ बर्ष अघि मासिक ८०० रियाल तलबमा कतार रोजगारमा पुगेका एक नेपालीले आफ्नो आँखा अगाडीनै कतारले बिकास गरेको भन्दै नेपालमा पनि त्यो बिकास सम्भव रहेको बताएका छन् । चितवन घर भएका प्रताप ढुंगाना अहिले मासिक ८ हजार रियाल भन्दा बढी कमाउँछन् । यसका अलावा धेरै सुविधा पनि कम्पनीले प्रदान गरेको छ । 
उनको लोभलाग्दो प्रगतिमा धेरै संघर्ष लुकेका छन् । अहिले पनि सीप सिकेर वैदेशिक रोजगारमा जाने युवाहरुले वैदेशिक रोजगारमा छिट्टै राम्रो गर्न सक्ने ढुंगानाको भनाई छ । कयौं युवाहरुले सिपनै नसिकी वैदेशिक रोजगारमा जाँदा आफ्नो अमुल्य समय त्यतिकै कम तलबमा खर्चिनु परेको बताउँछन् । 
वैदेशिक रोजगारमा खाडी जान ठिक छैन भन्नेहरुलाई ढुंगाना स्वीकार गर्दैनन् । उनि भन्छन् 'संघर्ष र अनुभव लिंदै आफैलाई अब्बल बनाउन सक्नेलाई खाडी युरोप भन्दा राम्रो छ ।' 
तलको भिडियो अन्तर्वार्तामा उनै प्रताप ढुंगानासँग साझा सवाल मिडियाले गरेको कुराकानी हेर्नुहोस् । 


Call Us

-

Location

-

'मेरो आँखै अगाडी कतारले गरेको विकास लोभलाग्दो छ' - प्रताप ढुंगाना

Related Orientaion