बैदेशिक रोजगार बिभाग (DOFE)

वैदेशिक रोजगारीमा जान कति उमेर हुनुपर्छ ? कति उमेरसम्मकाले श्रम स्वीकृति पाउँछन् ?  145 views

वैदेशिक रोजगारमा जाँदा १८ वर्ष पूरा भएको अवस्थामा मात्र वैदेशिक रोजगारीको प्रक्रियामा समावेश हुन सकिन्छ । त्यस्तै बढीमा ६४ बर्षको उमेरसम्मकाले मात्र वैदेशिक रोजगारीमा जान नेपाल सरकारबाट अनुमति पाउँछन् ।

४० बर्ष भन्दा बढी उमेर काटेपछि रोजगारदाता कम्पनीहरुले सकेसम्म नयाँ कामदारहरु छनौट गर्दैनन् । गरेपनि अनुभवी कामदारहरु मात्र छनौट गर्छन् । त्यस्तै बिदेशमै काम गर्दै आएका कामदारहरुको हकमा पनि राम्रो काम गरिरहेकाहरुको हकमा रोजगारदाता कम्पनीहरुले रोजगारमा निरन्तरता दिन्छन् । रोजगारदाताले चाहेसम्म वैदेशिक रोजगारमा बस्न सकिन्छ । अधिकतम उमेरको हकमा नेपालले ६४ बर्षको उमेरसम्म मात्र रोजगारमा जान अनुमति दिन्छ । 

Location

Tahachal, Kathmandu Nepal

वैदेशिक रोजगारीमा जान कति उमेर हुनुपर्छ ? कति उमेरसम्मकाले श्रम स्वीकृति पाउँछन् ? 

Related Orientaion