बित्तिय जानकारी (Financial info)

विदेशबाट पैसा पठाउँदा हुण्डीको कारोवार किन गर्न हुँदैन ? 70 views

वैदेशिक रोजगारमा गएका तथा विदेशमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदा वैधानिक च्यानलको प्रयोग गर्नुपर्छ । तर विदेशबाट नेपालीहरुले पैसा पठाउँदा हुण्डी गर्ने गरेको पाइएको छ । हुण्डीबाट पैसा पठाउनु गैरकानुनी मात्र होइन देशको अर्थतन्त्रमा समेत ठूलो घाटा हुन्छ । देशमा रेमिट्यान्स पठाएर योगदान गर्ने युवाहरुले हुण्डीको कारोबार गर्दा रेमिट्यान्सको योगदानमा समेत असर गर्छ । विदेशबाट नेपाल रकम पठाउँदा निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिटेन्स कम्पनीमार्फत पैसा घर पठाउनु पर्छ । आफुले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्ट सम्बद्ध व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई हुण्डी भनिन्छ।

हुण्डी गर्दा विदेशी मुद्रा भित्रिंदैन । आयातमा पूर्णत: निर्भर नेपालका लागि विदेशी मुद्रा नभित्रिंदा ठूलो घाटा लाग्छ ।

नेपालीहरुले हुण्डीमार्फत कुन देशबाट कति रकम पठाउँछन् भन्ने एकीन आँकडा छैन । तर विशेषगरि व्यापारिक सम्बन्ध भएका मुलुकहरुबाट चाहिं व्यापारीहरुले विदेशी मुद्रा उतै मिलाएर सामान ल्याउने उपाय अपनाउँदा हुण्डी कारोबार बढ्छ । त्यस्तै वैदेशिक रोजगारमा जानेहरुले नेपालमा जानको लागि एजेन्सी वा एजेन्टहरुलाई तिर्ने मोटो रकम समेत हुण्डीबाटै मिलाइन्छ ।

हंगकंग, सिंगापुर, भारत, संयुक्त अरब इमिरेट्सबाट नेपालमा भित्रिने व्यापारिक सामानहरु खरिद गरि नेपाल ल्याउँदा हुण्डीकै रकमको प्रयोग हुने गरेको सरकारको आंकलन छ ।

त्यसो त कतिपय देशबाट नेपालमा पैसा पठाउन सहज र सस्तो माध्यम नहुँदा समेत हुण्डी कारोबार नेपालीको बाध्यता बन्ने गरेको छ । अहिले दक्षिण कोरियाबाट सबैभन्दा बढी हुण्डी कारोबार हुने गरेको समाचारहरु आईरहेका छन् । त्यसको कारण दक्षिण कोरियामा सरकार अथवा केन्द्रिय बैंकको कानुनको कारण उक्त देश बाहिर रकम पठाउने रेमिटेन्स कम्पनीलाई प्रोत्साहन वा स्वीकृति दिएको छैन ।

नेपालले बिभिन्न प्रयासबाट हुण्डी न्यूनीकरण गर्न मात्र सक्ने हो भने पनि देशको ढुकुटी बढ्न सक्छ । तर त्यसका निम्ति सरकारी नीति नियम मात्र नभइ काम गर्ने जाने नेपालीहरुलाई पनि यथेष्ट अभिमुखिकरण गराउनुपर्ने र देशको लागि जिम्मेवार बनाउनु पर्ने देखिन्छ । त्यस्तै हुण्डीको कारोबारमा सक्रिय व्यक्तिहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ । त्यस्तै विदेशबाट पैसा पठाउन सहज बनाईदिनु पर्छ । 

Call Us

-

Location

-

विदेशबाट पैसा पठाउँदा हुण्डीको कारोवार किन गर्न हुँदैन ?

Related Orientaion